काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण गुप्तचर विभागका एक जना एसपीको मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक को मृत्यु भएको हो । भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नै कार्यालयमै सेल्फ आइसोलेसनमा बसेका थिए । रक्तचापसहित अन्य रोगबाट पीडित ती एसपीलाई हालै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।…