काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शनिबार बिहानैदेखि मृत्युका घटना सार्वजनिक भैरहेका छन् । पछिल्लो समाचार अनुसार ललितपुरका विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृत्युहुनेमध्ये दुई जना भक्तपुरका र एक जना काठमाडौंका रहेका…