१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेमा १० गते सम्म थपियो निषेधाज्ञा, नेपालगन्जमा अघोषित सेना परिचालन !



नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञा एकसाताका लागि थप गरिएको छ । डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १० गते मध्यराती १२ बजे सम्म कायम हुने गरि निषेधाज्ञा थप गरेका हुन् ।

गत बैशाख १३ गतेबाट जारी निषेधाज्ञाबाट पनि संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञाको अवधी थप्नु परेको प्रमुख जिल्ला अधिकारी गुलालले जारी आदेशमा उल्लेख गरिएको छ ।

आज निषेधाज्ञा थप भएसँगै नेपालगन्जका बिभिन्न चौकहरुमा नेपाली सेना र शसस्त्र प्रहरीलाई तैनाथ गरिएको छ । प्रशासनको सुचनामा सेना परिचालन सम्बन्धी कुनै जानकारी नगराईएपनि सडकमा सेनाको उपस्थिती देखिएको छ । नेपालगन्ज र यस आसपासमा निषेधाज्ञाको ब्यापक उल्लंघन भएपछि स्थानीय नागरिक समाजबाटै सेना परिचारलनको माग हुँदै आएको थियो ।

शसस्त्र र नेपाली सेनाको नियमित गस्ती बाहेक सेना परिचालन नगरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बताए । चेन ब्रेक अझै हुन नसकेका कारण आज देखिको निषेधाज्ञालाई कडा बनाईने भने उनले जानकारी दिए । ‘निषेधाज्ञा सशक्त हुन्छ, कसैसँग मोलाहिजा हुने छैन ।’ उनले भने, ‘अवज्ञा गर्नेलाई छुट नदिई कानुनी कारवाही हुनेछ ।’

कोरोना महामारीको दोस्रो लहरसँगै बाँकेमा भेरी अस्पतालमा १५३ जना र नेपालगन्ज मेडिकल कलेजमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  १ : ३९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर