७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा १० गते सम्म थपियो निषेधाज्ञा, नेपालगन्जमा अघोषित सेना परिचालन !



नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञा एकसाताका लागि थप गरिएको छ । डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १० गते मध्यराती १२ बजे सम्म कायम हुने गरि निषेधाज्ञा थप गरेका हुन् ।

गत बैशाख १३ गतेबाट जारी निषेधाज्ञाबाट पनि संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञाको अवधी थप्नु परेको प्रमुख जिल्ला अधिकारी गुलालले जारी आदेशमा उल्लेख गरिएको छ ।

आज निषेधाज्ञा थप भएसँगै नेपालगन्जका बिभिन्न चौकहरुमा नेपाली सेना र शसस्त्र प्रहरीलाई तैनाथ गरिएको छ । प्रशासनको सुचनामा सेना परिचालन सम्बन्धी कुनै जानकारी नगराईएपनि सडकमा सेनाको उपस्थिती देखिएको छ । नेपालगन्ज र यस आसपासमा निषेधाज्ञाको ब्यापक उल्लंघन भएपछि स्थानीय नागरिक समाजबाटै सेना परिचारलनको माग हुँदै आएको थियो ।

शसस्त्र र नेपाली सेनाको नियमित गस्ती बाहेक सेना परिचालन नगरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बताए । चेन ब्रेक अझै हुन नसकेका कारण आज देखिको निषेधाज्ञालाई कडा बनाईने भने उनले जानकारी दिए । ‘निषेधाज्ञा सशक्त हुन्छ, कसैसँग मोलाहिजा हुने छैन ।’ उनले भने, ‘अवज्ञा गर्नेलाई छुट नदिई कानुनी कारवाही हुनेछ ।’

कोरोना महामारीको दोस्रो लहरसँगै बाँकेमा भेरी अस्पतालमा १५३ जना र नेपालगन्ज मेडिकल कलेजमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  १ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई