चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षपछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ । निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा दुई दिनअघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकामा दुई प्वाल र पछाडिको भागमा धारिलो हतियारले काटेको थियो । बरालले…