एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म सङ्क्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ । कुल सङ्क्रमित मध्ये सात लाख ५२ हजार…