१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा ५२१ कोरोना संक्रमित थपिँदा ३४२ डिस्चार्ज, ४ जनाको मृत्यु



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ६०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेमा संचालनमा रहेको २ वटा प्रयोगशालामा गरिएको ९२४ नमुना परीक्षणमा ६०४ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ६३५ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा २९९ नमुना परीक्षण गर्दा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका कुल संक्रमितहरुमा ५२१ जना बाँकेका र बाँकी अन्य जिल्लाका हुन् । आज बागेश्वरी ल्याव र सिमानाका जमुनाहाकाे एन्टिजेनकाे रिपाेर्ट प्राप्त भएकाे छैन ।

बाँकेमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ जस्मा ४ जना बाँकेका र २ जना बाँके बाहिरका छन् । आज सम्ममा बाँकेमा जिल्ला भित्रका १४३ जना र जिल्ला बाहिरका १२५ जनाको मृत्यु भएको छ । बाँकेमा आज १६० महिला र १८२ पुरुष गरि ३४२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १० बजे

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा