१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा प्रदेश सरकारप्रति असन्तुष्टि



धनगढी । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण आक्रान्त बनेको सुदूरपश्चिममा प्रदेश सरकारले जनताप्रति जिम्मेवारी प्रस्तुत नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

सङ्क्रमण तीव्र रूपमा फैलँदा पनि प्रदेश सरकारले कुनै जिम्मेवारी नलिएको भन्दै प्रदेश सरकारको आलोचना बढेको हो । भारतबाट आउनेहरूको उचित व्यवस्थापन र अस्पतालहरूमा भएको अक्सिजन अभाव पूर्तिका लागि कुनै ठोस कदम नलिएको गुनासो बढेको छ ।

पहिलो चरणको कोरोना कहरको समयमा पनि आलोचित बनेको प्रदेश सरकार यसपटक झनै आलोचित बन्न पुगेको छ । सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले महामारीका बेला जनताको पक्षमा उभिएर भाइरस रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने सरकार समस्याबाट बेखबर रहेको टिप्पणी गरे ।

नेकपा (एमाले) कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतनबहादुर थापाले प्रदेश सरकार जनताको समस्यामा लाचार भएको आरोप लगाउँदै नाकाबाट भित्रिने नेपालीका लागि होल्डि¨ सेन्टर बनाएर केहीदिनको होल्डपछि परीक्षण गराइ सम्बन्धित पालिकामा पठाउने काम गर्नुपर्नेमा त्यो पनि नभएको बताए ।

सरकारले तत्काल रोकथाम तथा न्यूनीकरणका लागि काम अघि नबढाए जनताले क्षमा नदिने भन्दै अक्सिजनको व्यवस्थासहितका आइसोलेशनहरुको व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।

प्रदेश सरकारले व्यवस्थापन नगरेपछि अस्पतालहरूमा अक्सिजन र अक्सिजन सिलिन्डर सहयोग गरिरहेको ह्युमिनिटी फाउन्डेसनका सदस्य तथा पत्रकार दीर्घराज उपाध्यायले प्रदेश सरकारले जनताको लाश गन्ने काम मात्र गरेको आरोप लगाए ।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने प्रदेश सरकार नागरिकको समस्यामा गम्भीर भएर लागेको बताउँदै सरकार आफ्नै तरिकाले काम गरिरहेको जिकिर गरे ।

राज्य जनताको अभिभावक भएको हुँदा आफ्ना नागरिकको समस्यामा सरकार गम्भीर छैन भन्नु हास्यास्पद भएको उनको भनाइ छ । मुख्यमन्त्री भट्टले आरोप लगाउनेहरू कहिल्यै नथाक्ने भएकोले आरोपहरू सुन्न भन्दा पनि काम गर्न लागिपर्ने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ५४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर