पोखरा । पोखरामा कोरोना भाइरसका संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ निवासी ५२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारककै क्रममा मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ती पुरुषको शुक्रबार मध्यान्न १२ः१५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले जनाएका छन् । श्वासप्रश्वासमा समस्या…