१४ पुस २०८२, सोमबार | December 29, 2025

कोरोना आतंक : वीरगन्जका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जबाट ललितपुरको स्टार अस्पतालमा उपचार गराउन आएका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि गत शनिबार पाटन अस्पताल भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा बिहीबार साँझ उनको मृत्यु भएको हो । ४५ वर्षिय ती मृतकमा उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी थिए ।