काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छिन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् । ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, ट्वीटमा उनले भनकी…