काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित घट्टेकुलामा पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ गएको पहिरोमा परि मृत्यु भएका गुरुङको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । खोलामा शौच गर्न गएका बेला माथिबाट आएको…