लमजुङ । राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत लमजुङमा व्यक्तिगत विवरण सङ्कलन शुरु गरिएको छ । गण्डकी प्रदेशसभामा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो खिचाएर उक्त कार्यको शुभारम्भ गरेकी हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले यो कार्यक्रमअन्तर्गत पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउन आउने वा सोझै…