भरतपुर । विमानस्थल परिसरमा सेनाको ब्यारेक रहेका कारण लामो समयदेखि रोकिएको भरतपुर विमानस्थल विस्तार कार्य अब सुरु हुने भएको छ । भरतपुर विमानस्थल विस्तारको योजनामा संघीय सरकारको नीति तथा कार्यक्रममा परेपछि भरतपुर महानगरले सरोकारवालाहरुको बैठक डाकेर विमानस्थल विस्तारको काम अगाडि बढाएको छ । महानगरले जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय,…