काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…