काठमाडौं । सरकारले जारी लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले हाल जारी लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । तर लकडाउनको प्रकृति भने अहिले जस्तै नै खुकुलो हुनेछ । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाएको थियो । स्वास्थ्यसँग सम्वन्धित सबै सेवा…