१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीमा ६६७ संक्रमण पुष्टि हुँदा बुटवल उपमहानगरमा १६५ जनामा संक्रमण



बुटवल । लगातार रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ बढीरहेका बेला बुटवल उपमहानगरपालिका भित्र मात्र १६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा १६५ जनामा संक्रमण पुष्टि हुँदा जम्मा ३४ जना मात्र कोरोना मुक्त भएर घर फर्केका छन् । पछिल्लो तथ्यांक अनुसार बुटवलमा उपमहानगरको रेकर्डमा ५ जना नयाँ संक्रमित थपिएको उल्लेख गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालयले ८ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन कुन्दन कुमार सिंहका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुटवल उपमहानगरपालिकाको वडा नं १ मा ३ जना, ४ मा १ जना र ११ मा १ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ भने स्वास्थ्य कार्यालय रुपन्देहीले नेशनल प्याथ ल्याबको ३ जना सहित ८ जना संक्रमित थपिएको बताएको छ ।

उपमहानगरका कोरोना फोकलपर्शन कुन्दन कुमार सिंहका अनुसार उपमहानगरको एँफा आईसोलेसनमा ४१ जनाको उपचार भईरहेको छ भने ८८ जना होम आईसोलेसनमा बसेका छन् ।

बुटवलका होटलमा बसेका र प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका संक्रमितको बिवरण भने उपमहानगरले उल्लेख गरेको छैन ।

बुटवलमा १३५ जना सक्रिय संक्रमित रहेको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । उपमहागरका अनुसार बुटवलमा १० वर्ष मुनीका ५ जना, १८ वर्ष सम्मका १४ जना, ४९ वर्षसम्मका ११८ जना तथा ५० वर्ष माथिका ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सोमबार सम्ममा ६६७ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा ३४५ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ९ : ५५ बजे

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका