काठमाडौं । पछिल्लो २४ घण्टामा ६२९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा ११० महिला र ५१९ पुरुष थपिएको जानकारी दिइएको हो । क्वारेन्टिनमा आजसम्म ७८ हजार ६३९ जना रहेका छन् । आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ३६६ रहेको छ । हालसम्म २ हजार २३८ जना…