काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका नेताहरू तथा कार्यकर्तासहित कृष्णप्रसाद भट्टराई आश्रम, बाँडेगाउँ पुगेका छन्। आश्रम पुगेपछि खड्काले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आफू किसुनजीको आश्रममा आएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आएको किसुनजीको आश्रममा।’ गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएको आश्रमको अवस्थाबारे…