काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंका विभिन्न स्थानमा आइतबार पनि प्रदर्शन भएको छ । भारतले नेपाली भूमि मिचेर तिब्बत जोड्ने सडक बनाएको समाचार सार्वजनिक भएपछि लकडाउनकैबीचमा पनि भारतको विरोधमा प्रदर्शन भएको हो । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर विरोध प्रर्दशन गरेका छन् । निषेधित…