काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार देशभरमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन्। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।