काठमाडौं । सरकारले भारत बाहेक तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई प्राथमिकिकरणका आधारमा स्वदेश फर्काउने निर्णय गरेको हो । बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ ।…