बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं चन्द्रागिरी नगरपालिका र कपिलवस्तुमा १, १ जनाको संक्रमण पुष्टी गरेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा काठमाण्डौ चन्द्रागिरीका ३२ बर्षिय पुरुष र कपिलवस्तुकी ६ बर्षिया महिलामा कोरोना भाइरस पोजेटिभ आएको हो । यो संगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।