२४ भदौ २०८३, बुधबार | September 9, 2026

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार साँझ तिग्राङखानी क्षेत्रबाट ठूलो परिमाणमा सुक्खा पहिरो खसेर सडक ढाकिएको हो। पहिरो निरन्तर खसिरहेकाले काठमाडौं–मुग्लिन सडकखण्ड भएर दुवैतर्फ सञ्चालन हुने सबै प्रकारका सवारीसाधन रोकिएका छन्। पहिरोका कारण काठमाडौं आउने र…