काठमाडौँ । यहाँस्थित भारतीय दूतावासद्वारा आज आयोजित ‘हिन्दी साहित्य उत्सव’मा भारतका अग्रज साहित्यकारको योगदानको चर्चा गरिएको छ । नयाँ सडकस्थित नेपाल–भारत लाइब्रेरीमा आयोजित कार्यक्रममा भारतका विश्वविख्यात साहित्यकार अटल विहारी बाजपेयी, मैथिलीशरण गुप्त, सुभद्राकुमारी चौहानलगायतको जीवनी र सहित्यिक योगदानबारे चर्चा गरिएको हो । साहित्यकार एवं लेखक अंशु झा, कञ्चना झा, इन्दु ठाकुर, रजनीसिंह मण्डन, कृष्णचन्द्र मिश्र…