चिनिया कम्युनिष्ट पार्टीको शतवार्षिकी आउन केही दिन अघि चीनले आफ्नो अन्तरिक्ष मिशनलाई थप मजबुद बनाएको छ । चीनले बिहीबार बिहान अन्तरिक्ष कक्षमा निर्माण भैरहेको स्पेश स्टेशनमा तीन जना अन्तरिक्ष यात्री पठाएको छ । अन्तरिक्ष कक्षमा बन्दै गरेको अन्तरिक्ष स्टेशनमा रहने गरी चीनले आज बिहान लङ मार्च २ क्यारियर रकेटमार्फत सेन्झोह १२ नामको अन्तरिक्ष यान प्रक्षेपण…