बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल टण्डनको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । नवनिर्वाचित समितिमा फूलसिंह क्षेत्री, गोकर्ण पाण्डे, प्रेमनारायण बेल्बासे, श्रीमती सुम्निमा शर्मा पाठक र जनिजनारायण श्रेष्ठ सदस्य रहेका छन् । विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकाल सदस्य-सचिव रहने गरी सात सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।…