२१ भदौ २०८३, आइतबार | September 6, 2026

तिनाउ सुनचाँदी पसल प्रकरण : बीमा रकम दाबी गर्न चोरीको नाटक, सञ्चालक नै मुख्य योजनाकार रहेको यसरी खुल्यो रहस्य

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी प्रकरणको रहस्य खुलेको छ । प्रारम्भिक रूपमा करिब ८० तोला सुन तथा सुनका गरगहना चोरी भएको दाबी गरिएको घटनामा पसल सञ्चालक स्वयं नै मुख्य योजनाकार रहेको तथ्य प्रहरी अनुसन्धानबाट बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पसल सञ्चालक दिपक विक…