बुटवल । नेकपा एमाले रुपन्देहीले यस वर्षको संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । बिहीबार बुटवलमा बसेको जिल्ला सचिवालय बैठकले विगतका वर्षझैं शुक्रबार संविधान दिवसलाई विशेष समारोहका साथ मनाउने निर्णय गरेको हो । कार्यक्रम बुटवलको सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा बिहान ८ बजे सुरु हुनेछ । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सक्रिय सहभागिताका…