नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको चार दिने तालिमको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले डिजिटल युगको प्रतिस्पर्धामा पत्रकारलाई अझ सक्षम, दक्ष र आत्मविश्वासी बनाउन तालिम उपयोगी…