तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ। जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन्। बलेरो जिपमा १४ जना यात्रु रहेको तथा घटनाको विवरण आउन बाँकी रहेको पाल्पा प्रहरी…