नेपालगन्ज । पत्रकार अभिषेश गुप्तामाथि दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न पत्रकार महासंघ बाँके शाखाले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई ज्ञापनपत्र बुझाउँदै महासंघको बाँके शाखाले दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न माग गरेको हो । महासंघले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाहीको कठघरामा उभ्याउन ज्ञापन पत्रमा माग गरेको…