बुटवल । बुटवल उपमहानगरलाई नै असुरक्षित बनाएको छाडा चौपायाको व्यवस्थापनमा बुटवल उपमहानगरले सक्रियता देखाएको छ । उपमहानगर प्रमुख खेलराज पाण्डेय आफै आजबाट छाडा चौपाया धपाउन सडकमा उत्रिएका छन् । उपमहानगरको दलबल सहित सडकमा उत्रिएका नगरप्रमुख पाण्डेयले अभियानकै रुपमा बुटवलका सडकमा देखिएका गाईबस्तुलाई गौशाला पुर्याउने घोषणा समेत गरेका छन् । बुटवलको चुनौतीका रुपमा रहेको छाडा चौपाया…