बुटवल । बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौँ लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ । बुटवल उपमहानगरपालिका र बधशाला सञ्चालन जिम्मा पाएको मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबीच पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको झन्डै दुई वर्ष पुग्दा पनि कार्यान्वयन हुन नसक्दा बुटवल उपमहानगरपालिकाभित्र बनेको यो करोडौँको परियोजना अलपत्र अवस्थामा…