बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यका साथ बुटवलमा ५९ नेवारी कन्याको सामूहिक ईही (बेलिविवाह) सम्पन्न भएको छ । श्री नेवाः सेवा समितिको आयोजनामा देविनगरस्थित भूपुसैनिक सभा हलमा दुई दिनसम्म ईही तथा कैटापुजा कार्यक्रम सञ्चालन गरिएको हो । नेवारी पण्डितहरूबाट विधिपूर्वक सामूहिक रूपमा ईही सम्पन्न गरिँदा एकातर्फ खर्च न्यून हुने…