बुटवल । सेवा क्षेत्रमा खपत हुने जनशक्ति उत्पादनका शैक्षिक कार्यक्रमहरुलाई प्रयोगात्मक बनाउन सरोकारवालाले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको आयोजनामा शुक्रबार बुटवलमा सम्पन्न पर्यटन शिक्षाको पाठ्यक्रम सम्बन्धी अन्र्तक्रियामा बोल्दै विज्ञहरुले पाठ्यक्रमलाई प्रयोगात्मक बनाउन सुझाव दिए । बिभिन्न विश्वविद्यालयका पर्यटन तथा होटल व्यवस्थापन विषयमा स्नातकोत्तर पास भएको जनशक्तिमा शुन्य सीप…