बर्दिया । बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लामा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन् । दिनप्रतिदिन यहाँको गर्मी बढिरहेको छ भने दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन थप अस्तव्यस्त बनेको स्थानीय बताउँछन् । अत्यधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा…