बुटवल । रुपन्देहीउद्योग संघको आयोजनामा बुटवलमा पुष७ गतेबाट सुरु भएको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ७ दिन पार गरेको छ । पुष १९गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म २ लाखभन्दा वढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी आयोजनासँगै प्रदर्शनी स्थलमा विभिन्न विषयमा अन्तरक्रिया तथा प्रतियोगिताहरु पनि भैरहेका छन्…