८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

गोरखा । गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र…