भैरहवा । उद्योगी व्यवसायीहरुले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैतीका घटना बढेकाले ती घटना हुन नदिनका लागि सचेत हुनुपर्ने बताएका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखहरुसँग स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने…