४ चैत्र २०८२, बुधबार | March 18, 2026

हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफलाई

बुटवल । जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफले हात पारेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा सिद्धार्थ बोडिङ स्कुललाई ४-० को गोल अन्तर हराउंदै फुटसलको उपाधि सेन्ट जोसेफले हात पारेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका १९ संस्थागत विद्यालयहरुको सहभागिता रहेको…