बुटवल । चाडपर्व शुरु भएपछि मात्र अनुगमन गर्ने पुरानो प्रचलनलाई बुटवल उपमहानगरको नयाँ नेतृत्वले पनि निरन्तरता दिएको छ । दशैं तिहार नजिकिँदै जाँदा चाडपर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरले चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थको अनुगमन गरेको छ । कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको हो…