बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिबार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिबार पार्टीमा स्वागत गरे । उनीहरू २०५७ मा द्वन्द्वकालमा एमाले छाडेर माओवादी प्रवेश गरेका थिए । पुरानै घरमा फर्किन पाउँदा खुसी भएको श्रेष्ठले बताए…