नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाका स्थायीबासीलाई ओपिडी सेवा निःशुल्क दिने भएको छ । नवनियुक्त अस्पताल विकास समितिको पहिलो बैठकले अस्पताल रहेको खजुरा गाउँपालिकाबासी विरामीलाई ओपिडी सेवा निःशुल्क दिने निर्णय गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाको अध्यक्षतामा आज बसेको पहिलो बैठकले खजुरा सहित बाँके, बर्दिया र देशैभरीका…