बुटवल । बुटवल उपमहानगरपालिकाभित्रका सरकारी कार्यालयहरुले विकास निर्माणका काममा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । बुटवल नगरभित्रको विकास निर्माणको काममा समन्वय नभएका कारण विकासका काममा अलमल देखिएपछि बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको कार्यालय प्रमुखहरुको छलफल तथा परिचयात्मक कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । छलफल कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले…