३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समिति र जिल्ला कार्यसमितिद्वारा लोक संग्राहलय भवन शिलान्यास

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश समिति र जिल्ला कार्यसमिति रुपन्देहीले संयुक्त रुपमा लुम्बिनी लोक संग्राहलय बनाउने भएका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डिंगरनगरमा बनाउन लागिएको उक्त लोक संग्राहलय भवनको शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । तिलोत्तमा-४, डिंगरनगर स्थित तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा शनिबार भवनको शिलान्यास गरिएको हो…