बुटवल । आगामी माघ १३ गतेदेखि रुपन्देहीको तिलोत्तमामा औद्योगिक कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । तिलोत्तमा चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १३ गतेदेखी २४ गतेसम्म तिलोत्तमा-५ मेला मण्डप मणिग्राममा महोत्सव हुने भएको हो । महोत्सव बारे जानकारी गराउन सोमबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गरि तयारी तीब्र पारिएको आयोजकले जनाएको छ ।…