बुटवल । रुपन्देही जिल्लाका १६ स्थानीय तहमध्ये १२ पालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजकहरूको सहभागितामा अन्तरपालिका समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा न्याय सम्पादन प्रक्रियामा देखा परेका समस्याहरू, कानुनी चुनौतीहरू, र समाधानका उपायहरूबारे गहिरो छलफल गरिएको थियो । संयोजकहरूले आफ्ना पालिकामा सबैभन्दा धेरै घरजग्गा र लेनदेनसम्बन्धी विवादहरू आउने गरेको जानकारी गराउँदै त्यस्ता मुद्दाहरूको समाधानमा…