काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण कार्य सम्पन्न गर्दै आइतबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको छ । विभागले नयाँ सूचना प्रविधि प्रणाली कार्यान्वयनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य…