६ श्रावण २०८३, बुधबार | July 22, 2026

छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङ । छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो । एक्याप लोमान्थाङ र एक्याप जोमसोम कार्यक्षेत्र भित्र रहेका स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति ९सिएमसी०ले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङदेखि लोघेकर…