बुटवल । बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिका वडा नं. १३ बेलबासमा स्थापना गरिएको केन्द्रको बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले अस्पतालजन्य फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा प्रशोधन केन्द्र सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको…